देशमा संक्रमणकाल समाप्त भइसक्यो :राष्ट्रपति
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै तिनै तहको चुनाव सम्पन्न भएपछि मुलुकमा संक्रमणकाल सिद्धिएको बताएकी छिन् ।
देशमा संक्रमणकाल समाप्त भइसकेको बताउँदै राष्ट्रपतिले अब मुलुक आर्थिक स्थिरता र समृद्धिको चरणमा प्रवेश गरेको बताएकी हुन् ।
बिहीबार संसद भवनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनताको भावना अनुसार काम गर्न सरकार सफल हुने विश्वास गरेकी छिन्।
आफ्नो संक्षिप्त सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले तीनवटै तहको चुनाव सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिइन् ।
राष्ट्रपति भण्डारीले आफ्नो निर्दिष्ट लक्ष पूरा गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सफल हुने विश्वास व्यक्त गरिन् ।
दुवै सदनलाई सम्बोधन गर्न पाउँदा हर्ष र गौरवको अनुभुति भएको भन्दै राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक र सामाजिक क्षेत्रमा ठूला उपलव्धि हासिल गर्ने अवसर भएको भन्दै यसको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।
संघीय संसदको बैठकलाई सम्वोधन गर्न राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वर पुगेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले राष्ट्रपति भण्डारीलाई संसद भवनमा स्वागत गरेका थिए ।