आमाको उपचार गर्न आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

आमाको उपचार गर्न आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत



काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती महिलालाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।

ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बनाएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्न सक्छु भन्दै झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर पटकपटक बलात्कार गरेका छन् ।