मान्छेको दिमागमा झाडु लगाउँदै मुख्यमन्त्री शाही ! - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

मान्छेको दिमागमा झाडु लगाउँदै मुख्यमन्त्री शाही !



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान्छेहरुको दिमागमा झाडु लगाउनु पर्ने बताएका छन् ।

केही गर्न सकिँदैन भन्ने गलत सोचयुक्त दिमागले विकास र समृद्धि सम्भव नभएको भन्दै उनले दिमागको फोहोर हटाउनु पर्ने आवश्यकतामा जोड दिए ।

अरुलाई काम अह्राउने तर आफूले काम नगर्ने सोच भएकाहरुको समूह ठूलो भएको भन्दै मुख्यमन्त्री शाहीले अब सोच बदल्नुको विकल्प नभएको बताए ।

गरी खानेहरुलाई अहिले पनि हेयको दृष्टिले हेर्ने गरिएको भन्दै उनले भने, ‘श्रमको सम्मान गरौं, काम गर्नेलाई सम्मान गरौं, बसीबसी खाने मान्छेलाई घृणा गर्ने संस्कार बसालौं ।’

सुर्खेतको बुलबुले उद्यान सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले अब बोल्ने भन्दा पनि काम गर्ने बेला आएको भन्दै लाज नमानी काम गर्ने बानीको विकास गर्न सुझाए ।