रक्सी खाएर कार्यालय गएर सुत्ने वडा अध्यक्ष प्रहरीको खोरमा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

रक्सी खाएर कार्यालय गएर सुत्ने वडा अध्यक्ष प्रहरीको खोरमा



झापा – मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।

गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने गरेका थिए । उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन् । त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए ।

बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरूलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए ।

निर्वाचित भएपछि लगातार रूपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो । यो घटनाले मेचीनगर २ को पार्टी पङक्तिमा समेत ठुलो धक्का पुगेको छ । नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

कार्यालय समयमा रक्सी खाएर जाने गरेका न्यौपानेको गतिविधिले कार्यालयका कर्मचारीलदाई समेत हैरान भएका छन् । उनीहरूले बारम्बार सम्झाउँदा पनि नटेरेको कर्मचारीहरू बताउँछन् ।

उनी दैनिकी जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि उनले आफूलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए ।

प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो । उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन् । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरूप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।