उर्जामन्त्री पुन र चिनियँं राजदूत यु होङबीच भेटवार्ता ,द्धिपक्षिय हितका विषयमा छलफल
काठमाडा। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियँं राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल बताइएको छ ।
मन्त्री पुनसंगको भेटमा चिनियाँ राजदूतले नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा अझै सुदृढ हुने पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण वनाउनुपर्नेमा जोड दिनुभयो ।
चिनिया राजदूतले मन्त्री पुनसंगको भेटमा हाल चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिनुभयो ।
उहाँले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनिया लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताउनुभयो ।
राजदूत होङले चिनियां कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राख्नुभएको थियो ।
उहाले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी समेत दिनुभयो । त्यसका लागी नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाले चिनियां सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको धारणा समेत राख्नुभयो । चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएको भन्दै राजदूत होङले उर्जामन्त्रालयसंग काम गर्न चिनियाँ सरकार ईच्छुक रहेको बताउनुभयो ।
भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गर्नुभयो । उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफुले समाधानका लागी पहल गर्ने बताउनुभयो । मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गर्नुभएको थियो ।
। ‘नेपालमा चिनिया कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भिर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाकि राख्दैन् ।’ भेटमा मन्त्री पुनले भन्नुभयो ।
चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागी उर्जामन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बताउनुभयो । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागीताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राख्नुभयो ।
माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य समेत रहेका उर्जामन्त्री पुनले रसुवा– केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालमा चिनिया लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिनुभयो ।
‘अहिलेसम्मको सहयोगको लागी चिन सरकारलाई म धन्यवाद दिन चाहन्छु, नेपालमा चिनिया लगानीकर्तालाई सहज वातावरण बनाउने जिम्मा हाम्रो भयो, तपाईहरुको तर्फबाट पनि थप लगानी होस् । ’ मन्त्री पुनले भन्नुभयो ।
उहाले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागी ठुला आयोजना निर्माणमा सरकारको ध्यान जाने बताउनुभयो ।
राजदूतसंगको भेटमा मन्त्री पुनले ठुला आयोजना निर्माणको लागीे चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गर्नुभएको थियो ।
राजनीतिक स्थिरता सहित शुशासन र सम्बृद्धिको वातावरण बनाउने नयां सरकारको योजना रहेको मन्त्री पुनको भनाई थियो ।