कप्तान स्मिथ र उपकप्तान वार्नरलाई एक वर्षको प्रतिबन्ध
एजेन्सी । क्रिकेट अस्ट्रेलियाले कप्तान स्टेभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाएको छ । ‘बल टेम्परिङ’ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान र उपकप्तानलाई प्रतिबन्ध लगाएको हो ।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि कप्तान स्टेभन स्मिथ र उपकप्तान वार्नर विवादमा मुछिएका थिए ।
केपटाउनमा भएको खेलको दौरान ब्याट्सम्यान क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि उपकप्तान वार्नर पनि मुछिएका थिए ।
अष्ट्रेलिया क्रिकेटमा कप्तान र उपकप्तानलाई एकैसाथ प्रतिबन्ध लगाएको यो सबै भन्दा ठूलो घटना हो । प्रतिबन्धमा परेसँगै स्मिथ र वार्नरले आईपीएल खेल्ने छैनन् । राजस्थान रोयल्सले कप्तान स्मिथलाई यसअघि नै हटाइसकेको थियो । यता, डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा पनि दिइसकेका छन् ।
क्रिकेट अष्ट्रेलियाले पे्रस विज्ञप्ति निकाल्दै स्टेभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टको स्थानमा ३ जना खेलाडीलाई दक्षिण अफ्रिका विरुद्धको चौथो टेष्ट खेलका लागि टिममा पारेको छ । मथेव रेन्शव, ग्लेन म्याक्श्वेल र जोई बुन्र्सलाई टिममा पारेको हो । स्मिथ प्रतिबन्धमा परेसँगै क्रिकेट अष्ट्रेलियाले कप्तानको जिम्मा टिम पाइनीलाई दिएको छ ।