‘ईयू’माथि यसरी खनिए रवीन्द्र मिश्र !
विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन ‘ईयू’ को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन् । उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध गरेका हुन् ।
मिश्रले सामाजिक सञ्जाल ट्विटरमा पश्चिममा राष्ट्र र अन्तराष्ट्रिय संगठनकै कारण कयौँ अफ्रिकी र एसियाली देशका समस्या अझ जटिल बन्दै गएको उल्लेख गरेका छन् । उनले पश्चिमा देशले असल रुप देखाए पनि विषका थोपा चुहाउन खप्पिस भएको टिप्पणी गरेका हुन् ।
‘विषका थोपा चुहाउँदै हिँड्नेहरू, पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनहरू आफूलाई चेतनशील भन्नेले भरिएको छ। तर, तीमध्ये कति कयौं अफ्रिकी र एशियाली देशका समस्यालाई जटिल बनाउन जिम्मेवार छन्’, मिश्रले ट्विटरमा लेखेका छन्, ‘किनभने, ती असल देखिँदै विषका थोपा चुहाउन खप्पिस छन् । ईयूको प्रतिवेदन पनि त्यही नै हो ।’