सांसदहरुद्वारा बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

सांसदहरुद्वारा बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग



हेटौँडा। प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गर्नुभयो । उहाँले भन्नुभयो – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उहाँले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गर्नुभयो । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गर्नुभएको थियो ।