सुपा देउराली प्रवेशद्वार गेटको शिलान्यास - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

सुपा देउराली प्रवेशद्वार गेटको शिलान्यास



अर्घाखाँची। सुपा देउराली प्रवेशद्वार गेटको शिलान्यास भएको छ । मितज्यु सामाजिक विकास केन्द्रले कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वार्ड नम्बर–२ गोरूसिंगे चोक अर्थात् अर्घाखाँची चोकमा अर्घाखाँची जिल्लाको प्रसिद्ध मन्दिर सुपा देउराली प्रवेशद्वार गेटको शिलान्यास गरेको हो । गेटको शिल्यानास पूर्व–उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले गरे ।

कपिवस्तु र अर्घाखाँची जिल्ला भित्र रहेका विभिन्न धार्मिक, पर्यटकीय ,एतिहासिक ,पुरातात्विक महत्त्वको प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूलाई बृत चित्र बनाउन लागिएको छ । सुपा देउराली प्रवेशद्वार बनाई देश, विदेशसम्म प्रचारप्रसार गरी अर्घाखाँची जिल्लामा आन्तरिक तथा बाह्यय पर्यटकहरू भित्र्याइ समृद्ध अर्घाखाँची बनाउने उदेश्यका साथ गेट निर्माण गर्न केन्द्रले जनाएको छ ।

केन्द्रले अर्घाखाँची जिल्लाको आर्थिक वृद्धि गर्नका लागि सुपादेउराली मन्दिरमा अझै ठुलो सङ्ख्यामा दर्शालुहरु भित्र्याउने हेत्तुले पूर्व पश्चिम राजमार्ग गोरूसिङ्गे चोकदेखि अर्घाखाँची जिल्लातर्फ जाने बाटोमा हाइवे सडकदेखि ५० मिटर भित्रको दुरी छोडेर श्री सुपा देउराली प्रवेशद्वार बनाउन लागेको हो ।

कार्यक्रममा बुद्ध भूमि न.पा मेयर केशव कुमार श्रेष्ठ, प्रदेशसभा सदस्य क्षेत्र न.१ का चेतनारारायन आचार्य, क्षेत्र न.२ का रामजी प्रसाद घिमिरे, पोखरा अर्घाखाँची सम्पर्क समाजका महासचिव लीला ब.जीसी, सन्धिखर्क न.पा मेयर कमलप्रसाद भुसाल उप मेयर ठाकुर कुमार विक, वरिष्ठ गायक तथा सङ्गीतकार कमल सौराग, सितगङगा न.पा. मेयर सुर्यप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।