५ नम्बरको प्रदेश राजधानी फरक स्थानमा हुनु पर्छ : उपाध्याय - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

५ नम्बरको प्रदेश राजधानी फरक स्थानमा हुनु पर्छ : उपाध्याय



आचार्य प्रदीप/बुटवल ।भारतका लागि पुर्व नेपाली राजदुत  तथा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ सहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाँच नम्बर पदेशको नया राजधानी नया सहरमा हुनुपर्ने बताए ।

रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए ।

बाम गठबन्धनले धर्म परिवर्तन गर्न नहुने बताउँदै धर्म परिवर्तन संविधानमा नै दण्डनीय भएको बताए । बाम गठबन्धन सरकारले आफ्नो दैद्ध चरित्र देखाएको आरोप लगाउँदै नेपाल भित्र बाट नै सहमतिको वातावरण बनाउने प्रतिबद्धता जनाए ।

उनले समग्र प्रदेशको विकासको लागी आफू तयार रहेको बताउँदै आफू सदैव हरेक क्रियाकलापमा साथ दिने बताए ।

कार्यक्रम रिपोर्टस क्लब पाँच नम्बर प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।