चित्त बुझ्दो नभए पार्टी एकता हुदैन :रायमाझी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

चित्त बुझ्दो नभए पार्टी एकता हुदैन :रायमाझी



बुटबल । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझ्दो नभए पार्टी एकता नहुने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय हैँन, पार्टी एकता हुँदा समान हैसियतमा मात्र एकता हुन्छ, आफ्नो औकात अनुसारको हैसियतमा मात्र एकता गछौँ, सम्मान जनक, समान हैसियतले नभए पार्टी एकता हुँदैन रायमाझीले भने ।

बाम एकता हुँदा चुनावी तालमेल हुँदैन भनेर हल्लाहरू भए, सरकार बन्ने कुरामा आशङ्का गरियो, सरकार बन्दैन भनियो, त्यसपछि पार्टी एकता टिप्पणी आउँनु स्वाभाविक हो, निकट भविष्यमा पार्टी एकता गराएरै छाड्छौ, सम्पूर्ण वामपन्थी शंक्तीहरुलाई एउँटै कम्युनिस्ट पार्टी बनाउँछौँ उनले भने ।

उनले देशमा विगतका समयमा सरकार निमार्ण हुँदा राजनीतिक स्थिरता नभएकाले अहिले पूर्ण दुई तिहाइ सहितको सरकार निमार्ण गरेकोले प्रतिपक्ष सँग सहकार्य गरेर विकासका काममा अगाडी बढ्ने बताए । प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराईसकेकोले सहकार्य गर्न तयार बाम गठबन्धनको सरकार पनि तयार रहेको उनले बताए ।

राष्ट्र राष्ट्रिय सम्बन्धलाई गाढा बनाउँनका लागी प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक हुने बताए । उनले अर्कोको देशको विषयमा बोल्न आवश्यक नभएको ईयुलाई चेतावनी दिए ।

ईयुले दिएको सुझाव ठिक भए लिने नत्र लागु नहुने बताए। पाँच नम्बर प्रदेशको राजधानी जनप्रतिनिधिले पायक पर्ने ठाउँमा माग्नु स्वाभाविक हो, उचित र सही ठाउँमा राख्न सुझाव रहने बताउँदै पाँच नम्बर प्रदेशमा पहाड र तराई अलग नगराउँनका लागी धेरै आन्दोलन गरेर जोगाएकोले स्थायी राजधानी राख्न सल्लाह दिने बताए ।