५ नम्बर प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जाँदैन:भट्टराई
बुटबल। राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै अर्कोको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, यसमा हामी घोर आपत्ति छौ, इयुले तुरुन्त यो प्रतिवेदन सच्चाउँनुपर्छ ।
रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा संविधान कायान्वयन गदैँ देश अगाडी बढेको छ, संविधान कार्यान्यन हुँदैन, संविधान पुर्नलेखन गर्नुपर्छ भन्ने विचार आएपनी संविधानले सबै निर्वाचन सम्पन्न गरी कार्यान्वयनमा गएको बताए ।
उनले देश विकास र समृद्धि तर्फ केन्द्रित भएर अगाडी बढेको बताउँदै नेपालकै इतिहासमा पहिलोपटक भएको छ स्थायी सरकार भएको बताउँदै अव राजनीति गर्ने व्यक्तिले अव विकास र समृद्धिका कुरा गर्नुपर्ने समय आएको छ, विकास र समृद्धिका कुराहरू नगर्ने अव नेता नै हुँदैन ।
उनले बाम गठबन्धनलाई ठुलो अवसर आएकोले सुखी नेपाली समृद्ध नेपाल बनाउँने अवसर सँगै चुनौती छ, जनताले दिएको विश्वास पुरा गर्ने अभियानका साथ सरकार अगाडी बढेको छ ।
जनताको आशा र अपेक्षा बमोजिम घोषणा पत्रमा भएका कुराहरू कार्यान्वयन गर्नेतर्फ सरकार अगाडी बढ्ने उनले बताए ।
चैत २३ गतेदेखि हुने भारत भ्रमणको एजेन्डा नबने पनि ऐतिहासिक हुने उल्लेख गरे । देश र जनताको पक्षमा भ्रमण हुने विश्वास दिलाए ।भारत भ्रमण अगाडी नै एकता हुने गरी माओवादी पनि अगाडी बढेको, एकता हुन्छ कि हुँदैन यसमा दुईमत छैन, एकता हुन्छ ।
पाँच नम्बरको राजधानी अस्थायी राजधानी देउँवा सरकारले तोकेकोले राजधानी सार्न खोजेमा धेरै विवाद आउँने हुँदा, प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जाँदैन, यहीँ नै स्थायी राजधानी हुन्छ भट्राईले भने ।