टिपरको ठक्करबाट महिलाको मृत्यु ,श्रीमान विदेशमा :एक छोरा र छोरी अलपत्र - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

टिपरको ठक्करबाट महिलाको मृत्यु ,श्रीमान विदेशमा :एक छोरा र छोरी अलपत्र



काठमाडौं । टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । काठमाडौंको गुर्जुधारामा बाटो निमार्ण स्थलमा डोजरको ठक्करबाट उनको ज्यान गएको हो ।

ज्यान जानेमा बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातिकोट कोल्टी स्थायी घर भएकी जुनु मल्ल रहेको मृतकका आफन्त रबिन्द्र रोकायाले बताए ।

प्रत्यक्षदर्शीका अनुसार आईतबार बिहान १० बजेतिर चैते अष्टमीको दिन बैँकको एटिम कार्डबाट पैसा निकाल्न ट्याक्सीबाट झर्ने क्रममा डोजरले ठक्कर दिएको बताईएको छ । मल्लको घटना स्थलमै मृत्यु भएको हो ।

शैलुङ्ग कन्ट्रक्सन प्रालिका प्रमुख शारदाप्रसाद अधिकारीको ठेक्का रहेको नागढुङ्गगा काठमाडौं सडक निर्माण रहेको छ ।

मृतकका श्रीमान रोजगारीको शिलशिलामा बिदेशमा छन् ।

मृत्यक जुनु मल्ल दुई छोराछोरारीकी आमा समेत हुन् । छोराछोरी बोडिङ्गमा पढाउनको लागि उनी काठमाडौंमा भाँडामा बसेकी थिईन् ।

उनको निधन भएपछि बिदेशमा रहेका श्रीमान र ५ बर्षकी छोरी र २ बर्षका छोरा सहारा बिहिन भएका छन् । टिपर चालक र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । ठेकेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत हुन् ।