खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव



निमोनिया र मिर्गाैला समस्माले दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको उपचारका लागि पैसा अभाव भएको छ ।

भेन्टिेलटरमा राखेर उपचार भइरहेको अवस्थामा रकम अभाव भएको खड्का परिवारले जनाएको छ । खड्काका साइँला दाजु कृष्णबहादुरले उपचारका लागि आर्थिक अभाव रहेको बताए ।

उनले दैनिक कम्तिमा ८० हजार भारतीय रुपैयाँ खर्च हुने भएकाले आर्थिक समस्या बढ्दै गएको बताए । ‘उपचारका लागि आर्थिक समस्या बढ्दै गएको छ’, उनले भने, ‘राज्य र पार्टीले अहिलेसम्म उपचारमा ध्यान दिएको छैन । यो विषयमा पार्टी र सरकारले सोच्नु पर्ने हो ।’

मुत्युसँग लडिरहेका खड्काको उपचारमा आर्थिक अभाव हुन नदिन आम कार्यकर्ताहरु लागे पनि राज्य उदाशीन हुनु राम्रो होइन ।

२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।