सपिंग सेन्टरमा आगालागी हुदाँ ३७ जनाको मृत्यु

मस्को, रुसको एउटा व्यापारिक सेन्टरमा आगलागि हुँदा ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा सयबढीको उद्धार गरिएको र धेरै अहिले पनि हराएको बताइएको छ ।
साइबेरियाको केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।
टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।
अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ । यो शहर कोइला उत्पादनमा प्रसिद्ध छ ।
आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।

