राजधानीमा अवैध क्यासिनो धन्दा ! - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

राजधानीमा अवैध क्यासिनो धन्दा !



पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौंमा मिनी क्यासिनोको धन्दा फस्टाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले विशेषगरी तस्करी क्रियाकलापमा संलग्नहरू जुवा खेल्न सक्रिय रहेको बताए। पछिल्लो एक महिनामा राजधानीका ३० अवैध जवाघरबाट दुई सय जनालाई पक्राउ गरेको पोखरेलले बताए। उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँ बरामद भएको छ।

‘घर वा कोठा भाडामा लिएर, होटल रेष्टुरेण्ट, र रिसोर्ट बुकिङ गरेर पेशेवर रूपमा जुवा खेल्ने खेलाउनेको संख्या बढेको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये कुनै व्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दाबी गरेका छन्।’

प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ।

‘काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुरेण्ट र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्’, उनले भने। सबै अवैध जुवा अड्डामा छापा मारेर उनीहरूलाई कानुनी दायरामा ल्याउने पोखरेलले बताए।, या खबर आजको गोरखापत्र दैनिकमा छ ।