दिल्लीबाट एक महिलाको उद्धार - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

दिल्लीबाट एक महिलाको उद्धार



नयाँ दिल्ली 

मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा विगत एक दशकदेखि क्रियाशील सामाजिक संस्था के. आई. नेपालले दिल्लीबाट एक महिलाको उद्धार गरेको छ।

उदयपुर जिल्ला तराघडी कटारी घर भएकी वर्ष २८ की सपना अधिकारी (परिवर्तन नाम)को आज उद्धार गरिएको हो। आज भन्दा ८ वर्ष पहिला राजु नामको मानिसले नोकरी लगाइदिन्छु भनेर उनलाई दिल्ली लिएर आएको र त्यहाँ एक घरमा २५००० भारती रुपैयाँमा बेचेको खुल्न आएको हो । त्यसको केही समयपछि पनि त्यो घरदेखि उनलाई ३०००० भारतीय रुपैयाँ लिएर गएको र त्यसपछि घर मालिकले न पैसा दिएको र न घरसम्म पुर्‍याउने कोसिस भएको र पछि बारबार उनले मलाई घरसम्म पुर्‍याउनु भन्दा पनि न पैसा दिने न घर जान दिने, न घरमा कोही सम्पर्क दिने भएपछि सब्जी लिन जाँदा नेपालीलाई भेटेर मलाई घर सम्म पुर्याइदिनुपर्यो भनी अनुनय विनय गरेपछि के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी, दिल्ली महिला आयोग र दिल्ली पुलिस एवं पत्रकार र केही समाजसेवीको सहयोगले बाहिर निकाल्न सफल भएको छ ।

उद्धार गरिएकी ती महिलाको बारेमा कानुनी प्रक्रिया पूरा गरी नेपालसम्म पुर्‍याउने र क्षतिपूर्ति दिलाउने कामलाई तीव्रता दिने जानकारी बताउँदै भोलि नै दिल्लीस्थित नेपाली दूतावासको रोहबरमा नेपाल लैजाने प्रक्रिया अगाडि बढाउने के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । कुनै पनि पनि मुलुक र विश्वका कुनै पनि ठाउँमा मानव बेचबिखनमा वा अन्य हिंसात्मक घटनाका कारण आपतबिपतमा परेका महिला, बालबालिका र किशोरीहरूलाई आवश्यक सहयोगको लागि आफ्नो संस्था तयार रहेको उहाँले थप बताउनुभयो ।