पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पूर्व क्षेत्रको भ्रमण - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पूर्व क्षेत्रको भ्रमण



विराटनगर– पूर्व क्षेत्रको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार विराटनगरमा विभिन्न क्षेत्रका व्यक्तिसँग गोप्य भेटवार्ता गरेका छन्।

ह्यारिसन प्यालेसमा आयोजित भेटघाटमा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता बद्री मण्डल, कमल थापा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य प्रल्हाद साह, दिनेश साह, विश्वमोहन थापा, डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकीकृतका मोरङ अध्यक्ष उद्दव दाहाल लगायत सहभागी थिए।

अन्य विभिन्न पार्टीका नेता÷कार्यकर्ता पनि गोप्य भेटघाटमा सरिक भएको जनाइएको छ।

यसअघि पूर्व राजा ज्ञानेन्द्रले विराटनगरको कालिमन्दिर दर्शन गरेका थिए। पदैल यात्रामै निस्किएका शाहले स्थानीय रामजानकी मन्दिरको पनि दर्शन गरेका थिए। नेपाल विद्योत परिषद् केन्द्रीय समितिले मन्दिर दर्शनको व्यवस्थापन गरेको थियो।

पूर्वराजा ज्ञानेन्द्रले गोप्य भेटवार्तापछि विराटनगरको लक्ष्मी नारायण मन्दिरमा समेत दशर्न गरेका छन्।