भारतीय राजदुतको गतिबिधि संकास्पद ! - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

भारतीय राजदुतको गतिबिधि संकास्पद !



हालै नेपाल आएका भारतीय राजदूत पुरीका सुरुमै विवादास्पद गतिविधिहरु देखिन थालेका छन् । भारतीय राजदूत मञ्जित सिंह पुरीले मधेशी मोर्चाका चार नेतालाई आकस्मिक रुपमा दुतावासमा बोलाएका छन् ।

मधेसी मोर्चाका नेताहरु शुक्रबार आकस्मिक रुपमा भारतीय दूतावास पुगे । राजदूत पुरीले बोलाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार पार्टीका अध्यक्षहरु साँझ करीब साढे ५ बजे भारतीय दूतावास पुगेका हुन् ।

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरुबीच पनि शुक्रबारै छलफल थियो ।

अन्य पार्टीका नेताहरुलाई कार्यालय र घरमा पुगेर भेटे पनि मधेसी मोर्चाका नेताहरुलाई भने भारतीय राजदूतले दूतावासमै बोलाएका हुन् ।

भेटमा चारजना नेताहरुलाई मात्र बोलाइएका कारण मधेसी मोर्चाभित्रै शंका उब्जिएको छ । दूतावासमै बोलाउने हो भने पनि किन चार जनालाई मात्रै बोलाइयो ।

यसभित्र पक्कै केही स्वार्थ लुकेको हुनुपर्छ, मोर्चाका एक नेताले भने । दूतावासले मधेसी मोर्चाभित्र खेल्ने कोसिस गरेको छ, ती नेताको भनाइ थियो ।

त्यहाँ पुग्नेमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराज यादव छन्,  छलफलमा उल्लेख छ ।