प्रदेश ५ को राजधानी सार्ने चलखेलमा लागे शंकर पोखरेल - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रदेश ५ को राजधानी सार्ने चलखेलमा लागे शंकर पोखरेल



दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेले घुमाउरो पारामा राजधानी बुटवलबाट सार्ने सङ्केत छन् । उनले सहमतिबाट स्थायी राजधानी तोकिने पनि बताएका छन ।

घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा पोखरेलले दाङको विकास गर्ने जिम्मा आफुहरुले लिएको भन्दै उनले गुरु योजनाबाट मात्रै विकासको सम्भब रहेको वताएका छन  । यो अभिव्यक्तिले उनले राजधानी दाङ लैजानुपर्ने भन्ने आशय दिन्छ । मुख्यमन्त्री पोख्रेलले आर्थिक व्ययभार र चलायमानलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई निर्देशन दिाएका छन ।

पोखरेलले यसअघि पनि यस्तो बताउंदै आएका छन । उनको कुराबाट बुटवल राजधानीको लागी उपयुक्त छैन र यो सारेर अन्तै लैजानु पर्छ भन्ने हो ।