गाई काटेको आरोपमा ४ जना पक्राउ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

गाई काटेको आरोपमा ४ जना पक्राउ



जितपुर(कपिलवस्तु)–  विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीब ३० किलो मासुसहित पक्राउ गरेको हो। रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो।

राना पक्राउ परेको भोलिपल्ट गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य ३ जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिए। पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस