आगलागीमा परि ५ घर जलेर नष्ट , २२ लाख रुपैयाँ मुल्य बराबरको क्षती - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

आगलागीमा परि ५ घर जलेर नष्ट , २२ लाख रुपैयाँ मुल्य बराबरको क्षती



गाईघाट– उदयपुरको बेलका नगरपालिका–२ मा भएको आगलागीमा परि २ परिवारका ५ घर जलेर नष्ट भएका छन्। आगलागीबाट नगद ७ लाख सहित २२ लाख रुपैयाँ मुल्य बराबरको क्षती भएको छ।

जितन महतोको भान्सा कोठाबाट अचानक लागेको आगोले उनको ३ वटा कच्ची घर, सामान र नगद ७ लाख जलेर नष्ट भएको छ। आगोले गोठमा बाँधेका ७ वटा बाख्रा जलेर मरेका छन्।

यसैगरी, सोहि आगो फैलीएर छिमेकी चुमुक लाल चौधरीको फुसको छानो भएको २ वटा घर पूर्ण रुपमा जलेका छन्। जसबाट १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी भागलपुरले जनाएको छ।