गाईको मासु खाएको आरोपमा पक्राउ परेका ३ जनालाई रिहा गर्न गृहमन्त्री थापा समक्ष माग - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

गाईको मासु खाएको आरोपमा पक्राउ परेका ३ जनालाई रिहा गर्न गृहमन्त्री थापा समक्ष माग



प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।संगै तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसावबाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन् ।

नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।

धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।

जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।