घोराही सिमेन्टको ज्यादती बिरुद्ध स्थानीय आन्दोलित
दाङको घोराही सिमेन्ट उद्योग प्रालिले ध्वनि तथा वायु प्रदुशन वढाएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । स्थानियवासिका अनुसार उद्योगले फैलाएको प्रदुषणको कारण त्यस क्षेत्रका वासिन्दाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेको छ ।
प्रदुषण रोक्न भन्दै स्थानियवासीले वातावरण संरक्षण मंच गठन गरी विगत लामो समयदेखि सरकारी तथा गैरसरकारी सवै निकाय गुहार्दै आएको बताएका छन ।
उद्योगले सवै निकायलाई पैसा दिएर मुख बुझो लगाउने गरेकाले आफनो समस्या सुनुवाई नभएकोले आन्दोलन गर्न बाध्य भएको स्थानीयको भनाई छ ।
पिडीतले घोराहि उपमहानगरपालीका का प्रमुख नरुलाल चौधरी माथि समेत उद्योगबाट पैसा खाएर उद्योगलाई संरक्षण गरेको आरोप लगाएका छन । चौधरी बाम गठबन्धनबाट निर्वाचीत मेयर हुन ।