ग्लोबल आइएमई बैंक भुमही शाखाद्वारा इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन
जीवन न्यौपाने/नवलपरासी ।ग्लोबल आइएमई बैंक भुमही शाखाले बिहीवारबाट इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक भएको हुनाले भुमही शाखामा पनि परीक्षा शुल्क संकलन गर्ने परीक्षार्थीहरुको बाक्लो भीड देख्न सकिन्छ ।
ग्लोबल आइएमई बैंक को भुमही शाखामा पश्चिमाञ्चलका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा, स्याङ्जा, गुल्मि, अर्घाखांचि लगायतका जिल्लाहरुबाट परीक्षार्थीहरु परीक्षा शुल्क संकलन गर्न आएका छन् । बिहिबार मात्रै भुमही शाखाबाट करिब ३०० जना परीक्षार्थीहरुले परीक्षा शुल्क संकलन गरेको भुमही शाखाका प्रबन्धक खेमराज न्यौपानेले जानकारी दिए ।
गत बर्ष जस्तै यस वर्षपनि बैंकले चैत्र ८ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुने ९औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसँगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएस मार्फत जाने कामदारका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेकाले इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकले संकलन गरेको हो ।