लाहानमा बम बिस्फोट , ६ जनाको अवस्था गम्भीर - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

लाहानमा बम बिस्फोट , ६ जनाको अवस्था गम्भीर



लहान- सिरहाकाे लहानबजार स्थित एक सुनचाँदी पसलमा बम बिस्फोट भएको छ। लहानस्थित दुर्गा मन्दिरको पश्चिमतर्फको विकास ट्रेडर्समा कुकर बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन्।

दिउँसो करिब १ बजे भएको बिस्फोटमा परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजना ७ वर्षका बालक पनि छन्। पसलमा अपरिचित व्यक्तिले सामानसहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिनपछि विष्फोट भएकाे पसलका सञ्चालक विकास सारडाले जनाए।

विष्फोटबाट पसलभित्र लाखौंको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते भएका विकास सारडा, उनका भाइ राहुल सारडा, सुनपसलका कर्मचारीहरु अस्मिता चौधरी, बिनिता चौधरी घाइते भएका छन्। यसैगरी, मझौरा घर भएकी ग्राहक देवकुमारी यादव र उनका ७ वर्षीय छोरा सतिस यादव घाइते भएका छन्। घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी घाइतेहरु माधोपुरका बबिता यादब र सप्तरी सुरुंगाकी मोनिकादेवी रामको लाहान स्थित अर्को अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बम विस्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ।नेपाल लाईभबाट