नेवि सङ्घ पश्चिम नवलपरासी जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

नेवि सङ्घ पश्चिम नवलपरासी जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई



नवलपरासी, नेपाल विद्यार्थी सङ्घ पश्चिम नवलपरासी जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारी राजन भण्डारीले पाएका छन् । अघिल्लो कार्यसमितिमा उपाध्यक्षको रूपमा जिम्मेवारी बहन गरेका भण्डारीले जिल्ला विभाजन भएपछि जिल्ला तदर्थ समितिमा अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

पश्चिम नवलपरासी जिल्लामा नेपाल विद्यार्थी सङ्घ नेतृत्व बारे पछिल्लो दिनमा विवाद बढ्दै गएपछि समस्या समाधान गर्न केन्द्रले केन्द्रीय उपाध्यक्ष पवन यादवलाई यस अगावै केन्द्रीय प्रतिनिधिको रूपमा जिम्मेवारी तोकि नपलपरासी पठाएको थियो ।

यादव जिल्लामा आई पार्टीका नेता एव्ांम् नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी साथीहरू सँग छलफल गरी जिल्ला तदर्थ समितिको जिम्मेवारी भण्डारीलाई दिइएको हो । केन्द्रीय उपाध्यक्ष पवन यादवको हस्ताक्षर रहेको पत्रमा राजन भण्डारी लाई जिल्ला तदर्थ समितिको अध्यक्ष तोकिएको जानकारी दिइएको छ ।

यस बारे नेपाली काँग्रेसका जिल्ला कार्य वाहक सभापति अर्जुन कुमार पोखरेलले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले प्रतिनिधि पठाएर भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको पत्र जिल्ला कार्य समितिमा प्राप्त भएको जानकारी दिनुभयो ।

यस बारे नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नयन सिंह मेहरले पश्चिम नवलपरासीको समस्या समाधान गर्न खटिएको केन्द्रीय प्रतिनिधिले गरेको निर्णयनै नेपाल विद्यार्थी सङ्घको अन्चिम निर्णय हुने प्रतिक्रिया दिनुभयो ।
यद्यपि यस बारे केन्द्रीय अध्यक्ष महरले केन्द्रीय प्रतिनिधिको रूपमा पठाइएका केन्द्रीय उपाध्यक्ष यादवको निर्णयबाट तदर्थ समितिको अध्यक्षमा राजन भण्डारीलाई तोकिएकाले सोही अनुसार कायम रहने प्रतिक्रिया दिनुभयो ।

यस अगावै पनि नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष प्रकाश रानाले पश्चिम नवलपरासीको नेविसंघको अध्यक्षमा दधीराम पौडेललाई जिम्मेवारी दिएको पत्र प्राप्त भएपछि नेविसंघका विवाद सृजना भएको थियो ।
जुन आधिकारी नभएको साथै केन्द्रीय प्रतिनिधि एवंम् सङ्घका केन्द्रीय उपाध्यक्ष यादवले गरेको निर्णयबाट नेपाल विद्यार्थी सङ्घ पश्चिम नवलपरासीको आधिकारिक अध्यक्ष भण्डारीनै रहेको केन्द्रीय अध्यक्ष मोहरले जानकारी दिनुभयो ।

केही समय अगाडी गठन भएको सङ्घको विषयमा विवाद भए पछि नेपाल विद्यार्थी सङ्घको केन्दिूय कार्यालयले पुन नेबिसंघ पश्चिम नवलपरासीको अध्यक्षमा भण्डारीलाई जिम्मेवारी दिएको हो । यस अगावै दधिराम पौडेलको अध्यक्षतामा समिति गठन भए पछि विवाद भएको र पुन भण्डारीलाई जिम्मेवारी तोकिएको केन्द्रीय प्रतिनिधि एवंम् केन्द्रीय उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।