उपेन्द्र यादवको 'भाउ' बढेपछी ओली तनावमा ! - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

उपेन्द्र यादवको ‘भाउ’ बढेपछी ओली तनावमा !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी फोरमसँग आक्रोसित भएका छन्। पटक–पटक आग्रह गर्दासमेत फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री आली फोरमसँग आक्रोसित बनेका हुन्।

फोरमलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालयको संख्या १८ बाट बढाएर २१ वटा पुर्‍याइएका प्रधानमन्त्री ओली फोरमले अनावश्यक भाउ खाजेको निश्कर्षमा पगेको ओली निकट एक एमाले नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली अब फोरम सरकारमा सहभागी हुन आग्रह नगर्ने मनस्थितिमा पुगेका छन् । प्रधानमन्त्री ओलीको भनाइृ उद्धृत गर्दै उनले भने, ‘आए आफै आउँछन्, तर, सरकारमा आउ भनेर उनीहरुलाई बोलाइन्न।’

फोरम अध्यक्ष उपेन्द्र यादवले पटक–पटकको आग्रहलाई लत्याएपछि प्रधानमन्त्री ओली आक्रोसित भएका हुन। फोरमकै सहभागिताका लागि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अब सरकारमा सहभागी हुन आग्रह नगर्ने बताएका हुन् ।