खुमबहादुर खड्का भेन्टिलेटरमा, अवस्था जटिल
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित छन् । उनको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको उनका आफन्तले जानकारी दिएका छन् । आफन्तहरुका अनुसार उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि खड्का फागुन पहिलो साता नयाँदिल्ली गएका हुन् ।