महिला शसक्तिकरणका लागि उद़घोषण तालिम संचालन - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

महिला शसक्तिकरणका लागि उद़घोषण तालिम संचालन



देवदह:श्री चेली कृषि सहकारी संस्था देबदहको आयोजना  र के. आई. नेपालको सहयोगमा “महिला शसक्तिकरणका लागि उद़घोषण तालिम” सञ्चालन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगर प्रमुख हिरा ब खत्रीले मानव बेचबिखन र लैंगिक हिंसा बिरूद काम गर्दै महिला सशक्तीकरणमा के. आई. नेपालले लिएको अभियानले देवदहका महिलाहरूमा धेरै परिवर्तन ल्याएको हुँदा नगरपालिका सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

चेली सहकारीका अध्यक्ष साबित्रा बस्यालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा देबदह नगरपालिका का प्रमुख हिरा खत्रीसहित उपप्रमुख बिध्या लक्ष्मी गसहित ,देबदह न्याय समितिको सदस्य तथा देबदह नगरपालिकाकी जनप्रतिनिधि देबु भट्टराई, के.आई नेपालका निर्देशक इन्द्रराज भट्टराई , के.आई नेपाल रुपन्देही जिल्ला संयोजक उषा गुरुङको समेत उपस्थिति थियोे ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिँदै निर्देशक भट्टराईले के. आई नेपालको कार्यक्रमहरू मार्फत समूहको सदस्य हुँदै उपमेयर निर्वाचित हुनुहुने विद्यालक्ष्मी गुरुङ र अन्य महिला नेतृत्वलाई बधाई र शुभकामना प्रकट गर्नुभएको थियोे ।

महिला स्वरोजगार र आर्थिक रूपमा सबल हुनसके मात्र हिंसाको अन्त्य हुने भन्दै उहाँले देवदहमा महिलालाई रोजगारमुलक व्यावसायिक तालीहरू सञ्चालन गरिएको एवं आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । प्रशिक्षक याम रानाले ३ दिनसम्म सञ्चालन गर्ने तालिममा ३० जान महिला तथा किशोरीहरूको सहभाागिता रहेको छ ।