घुस लिँदा लिँदै घरेलु उद्योग कार्यालयकी शाखा अधिकृत पक्राउ - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

घुस लिँदा लिँदै घरेलु उद्योग कार्यालयकी शाखा अधिकृत पक्राउ



काठमाडौँ, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उधोग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) लाई पक्राउ गरेको छ । उनलाई उधोग दर्ता गर्न घुस लिएको ९ हजार रुपैयाँ सहित अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधवार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

काठमाडौँ हिँडेन ट्रेजर नामको सोलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अङ्ग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।