बिद्या भण्डारीलाई बाध्यताले स्वीकारेको प्रचण्डको खुलासा - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

बिद्या भण्डारीलाई बाध्यताले स्वीकारेको प्रचण्डको खुलासा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्यतावश स्वीकार गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन्।

संसारका विभिन्न देशमा क्रान्ति पूरै उल्टेको उदाहरण दिँदै प्रचण्डले नेपालमा त्यस्तो अवस्था नआओस् भनेर गैर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री स्वीकार गरेको बताए।

५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला जनसरकार प्रमुख दलितलाई बनाएजस्तै अहिले पनि राष्ट्रपति र प्रधानमन्त्री त्यसै समुदायबाट बनाउने आफ्नो इच्छा भए पनि सम्झौता गर्नुपरेको गुनासो गरेका हुन्।

फागुन २९ गते भण्डारी राष्ट्रपतिमा वाम गठबन्धनको समर्थनमा निर्वाचित भए पनि आफूले बाध्यतावश स्वीकार गरेको आशय दाहालले व्यक्त गरेका हुन्।