बझाङ जिल्ला शिक्षा अधिकारीमाथि विप्लव कार्यकर्ताद्वारा कालो मोसो - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

बझाङ जिल्ला शिक्षा अधिकारीमाथि विप्लव कार्यकर्ताद्वारा कालो मोसो



बझाङ । नेपाल कम्युनिस्ट पाटी नेतृत्वको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले बझाङका जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिहँ माथि कालो मोसो दलेको छ। सिंहमाथि बुधवार कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।

जिल्ला शिक्षा अधिकारी सिंहले लाखौँ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेकोे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए।

बुधवार बिहान जिल्ला शिक्षा कार्यालयको कार्यकक्षमा नै गएर कालो मोसो दलिएको थियो ।

भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा लाखौँ रुपैयाँ भ्रटचार गरेको, विद्यालय ब्याबस्थापन समितिको निर्णय भन्दा बाहिर गएर रकम असुल गरी निर्णय कार्यनयन गर्न लगाएको ,लगायत अवैधानिक निजी शैक्षिक संस्था बाट रकम असुल गरी सञ्चालन गर्न अनुमति दिएकोआरोपमा जिल्ला शिक्षा अधिकारी माथि कालोमोसो दलेर पहिलो पटक सांकेतिक कारबाही गरेको केन्द्रीय सदस्य बिरेन्द्र विकले जानकारी दिएका छन् ।