राष्ट्रपतिद्वारा राजीनामा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

राष्ट्रपतिद्वारा राजीनामा



याङ्गुन । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएको समाचार छ । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ ।

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा