अपडेट:बस दुर्घटनामा बेपत्ता बृद्धाको शव भेटियो,दुई जनाको अवस्था गम्भीर - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

अपडेट:बस दुर्घटनामा बेपत्ता बृद्धाको शव भेटियो,दुई जनाको अवस्था गम्भीर



बागलुङ । मंगलबार बिहान ढोरपाटन नगरपालिका वडा १ गरगरेमा बस दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बुटवलबाट बागलुङको बुर्तिबाङ आउदै गरेको लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ता एक बृद्धाको शव भेटिएको छ । उनको शव दुर्घटनास्थलदेखि करीब दुई सय मिटर तल बडीगाड खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक बृद्धा महिला तमानखोला गाउपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् ।

घाइते मध्य चितवनको भारतपुर बस्ने ३३ वर्षीय मुस्तेतार अलि र ढोरपाटन ८ का १५ वर्षीया चन्द्रकला विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

बसमा सवार सात जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि घाइते भएका छन् ।

त्यसैगरी, भारतपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयो भन्ने प्रहरी अनुसन्धानबाट खुल्ने बताएको छ।