अध्यागमन कर्मचारीको बिजोग, ४ घण्टा खाजामात्र खान्छन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आकस्मिक रुपमा छड्के जाँच गरेका छन् ।
गृहमन्त्री थापा सोमबार दिउँसो चार बजे त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा पुगेका थिए । उनी पुग्दा अध्ययागमनका कमचारीहरु कार्यकक्षमा भेटिएनन् ।
कर्मचारीको खाजा खाने समय दिउँसो एक बजेदेखि दुईबजेसम्म भए पनि चार बजे मन्त्री कार्यकक्षमा पुग्दा कर्मचारी नभेटिएका हुन् ।
उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।
उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।
‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’