के.आई नेपालद्वारा गैँडाकोटमा दुई दिने नेतृत्व विकास कार्याशाला गोष्ठी सम्पन्न - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

के.आई नेपालद्वारा गैँडाकोटमा दुई दिने नेतृत्व विकास कार्याशाला गोष्ठी सम्पन्न



गैँडाकोट । मानवबेचविखन र महिलाहिंसा न्युनीकरण गर्नको लागि गैँडाकोटमा दुई दिने नेतृत्व विकास कार्याशाला गोष्ठी सम्पन्न  भएको छ । न्यून आयस्रोत भएका परिवार र जिल्लाका दुर्गम क्षेत्रमा यस प्रकृतिका घटना बढेकाले निगरानी बढाउन गोष्ठी सुरु गरिएको  हो ।

के. आई. नेपालको आयोजनामा सुरु भएको गोष्ठीमा पर्सा,रुपन्देही,कपिलबस्तु, नवलपुर र चितवन जिल्लाका महिला अभियान्ताहरु सहभागी भएका थिए  ।

गोष्ठीमा बोल्दै के. आई. नेपालका निर्देशक इन्द्रराज भट्टराईले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सके मानव बेचबिखनका घटना रोकिन सक्ने बताउनुभयो । यसका लागि यस क्षेत्रमा काम गर्दै आएका अभियान्तालाई सक्रिय बनाउन नेतृत्व विकास कार्यशाला गोष्ठी गरिएको बताउनुभयो ।

संस्थाले महिलालाई आत्मनिर्भर बनाउने सिपमुलक तालिम दिँदै आएको उल्लेख गर्दै उहांँले संस्थाले यस किसिमका थप कार्यक्रम ल्याउने बताउनुभयो । अहिले मानवबेचबिखनको शैलीमा फरक आएको भन्दै उहांँले रोजगारीको लागि विदेश लाने दलालहरूका कारण यस प्रकारका घटना बढ्दै गएको बताउनुभयो ।

के. आई. नेपालकी चितवन संयोजक केमिका घिमिरेले यस संस्थाले त्यस्ता जोखिममा परेका महिलाहरूको पुर्नस्थापना, सचेतना, र आत्मनिर्भर बनाउनको लागि काम गर्दै आएको बताउनुभयो । उहांँले चितवनको माडी नगरपालिकामा पनि मानव बेचबिखन र महिलाहिंसाका घटना बढेकोले त्यस ठाउंँमा महिला सहायता कक्ष राखी काम सुरु गर्न लागिएको बताउनुभयो ।

उहांँले यस गोष्ठीले मानव बेचबिखन र महिला हिंसाका घटना कमी हुने विश्वास व्यक्त गर्नुभयो । हाल ८ जिल्लामा काम गर्दै आएको संस्थाले हरेक वर्ष ५०० को हाराहारीमा महिलाहरूको उद्धार गर्दै आएको बताएको छ । गोष्ठीमा ५ जिल्लाका चेलीकृषि सहकारी ,फुलबारी नारी जागरण समूह, चेतनाचेली बहुउद्धेश्यीय सहकारी संस्थाका पच्चिस महिला नेतृहरूको सहभागिता रहेको थियो । गोष्ठी  आईतवार सुरु भएर सोमबार सम्पन्न भएको हो ।