राज्य ठग्दै पूर्वराजा, ४ करोड कर तिरेनन - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

राज्य ठग्दै पूर्वराजा, ४ करोड कर तिरेनन



पत्रपत्रिका/नागरिक-

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको दमक ४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ४ करोड रुपैयाँ कर तिर्न अटेर गरेका छन्। २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किपछि बगानले कर तिरेको छैन। पटक पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक नगरपालिकाले जनाएको छ। ‘धेरै पटक पत्र पठाइयो, पूर्व राजा आएको बेला दमकमै सर्वदलीय संयन्त्र सहित कर तिर्न आग्रह गर्यौं’, दमक नगरपालिकाका कर शाखाका प्रमुख टिकाराम दाहालले भने, ‘तर अटेर गरेर कर तिर्न मानिरहेका छैनन्।‘

२०७३ जेठमा दमक आएका बेला दमक नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत युवराज दाहाल सहित राजनीतिक संयन्त्रका प्रतिनिधिले कर तिर्न दबाब दिएका थिए। शाहले तत्काल कर तिर्ने बताएपनि २ बर्ष बित्न लाग्दा समेत तिरेका छैनन्। एकीकृत सम्पत्ति करअन्तर्गत बगानले ३ करोड ८१ लाख ४१ हजार २ सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ। आव २०६२ र ०६३ देखि दमक नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐनको अधlनमा रही लागू गरेको एकीकृत सम्पत्ति कर हिमालय महालक्ष्मीले शुरूदेखि नै तिरेको छैन । दाहालले नागरिकको हैसियतमा रहेका पूर्व राजाले कर तिनुपर्ने बताउँछन्। ‘लिखित र मौखिक रुपमा ताकेता गर्दा समेत अटेर गरेका छन्’, उनले भने, ‘हामी केही दिनमा थप कदम चाल्ने छौ।‘ उनले अहिलेसम्म ८६ लाख ३६ हजार ७ सय ६१ रुपैयाँ ७० पैसा जरिवानाअन्तर्गत उठाउनुपर्ने दाहालले बताए।