विश्वप्रकाशले देउवालाई भने: चिया खानुस या हृवीस्की तर पार्टी मिलाउनुस
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी भए पनि पार्टी मिलाउन सुझाव दिएका छन् ।
आइतबार चितवनको एक कार्यक्रममा उनले देउवा र पौडेलका आगाडि शर्माले भने, ‘विहान चिया खाएर हुन्छ कि बेलुका हृवीस्की खाएर हुन्छ पार्टी मिलाउनुस् ।’
शर्माले यसो भनिरहँदा मञ्चमा बसेका देउवाले मुख बिगारे भने, पौडेल मुसुक्क हाँसे । हलमा भने ताली पड्कियो ।
लगत्तै देउवाले कार्यक्रम सञ्चालक मार्फत शर्मालाई मन्तव्य छोट्याउन निर्देशन दिए । केही समय बोलेपछि शर्माले मन्तव्य अन्त्य गरे । उनले अब नविन कांग्रेस बनाउने बेला आएको बताए ।