अबका मिडिया राष्ट्रप्रेमी हुनुपर्छ: मुख्यमन्त्री पोखरेल - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

अबका मिडिया राष्ट्रप्रेमी हुनुपर्छ: मुख्यमन्त्री पोखरेल



आचार्य प्रदीप/बुटवल।

पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शङ्कर पोखरेलले नेपाली मिडिया राष्ट्रमैत्री बन्नु पर्ने बताएका छन् ।

दैनिकपत्र दैनिकको १४औं बार्षिकउत्वसको अवसरमा प्रकाशित ‘सङ्घीयता र समृद्धि, विशेषाङ्कको सोमबार बुटवलमा बिमोचन गर्दै मुख्य मन्त्री पोखरेलले अन्य देशको तुलनामा नेपाली मिडिया अझै पनि राष्ट्र मैत्री बन्न नसकेको दृष्टान्त प्रस्तुत गर्दैआगामी दिनमा थप जिम्मेवार बन्नु पर्ने बताए ।

उनले राष्ट्रलाई हित पु¥याउने सूचना, समाचार र बिचार प्रदान गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्दै मिडियाको भूमिका सङ्घीयता कार्यान्वयनको पक्षमा हुनु पर्ने बताए । मिडियाहरुपनि समयको माग र आवश्यकता सँगै परिवर्तनलाई आत्मसाथ गरी आगडि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधान सभाबाट नयाँ संविधान जारी भएपछि अधिकारमुखी आन्दोलनलाई कर्ममुखी बनाउनु पर्नेमा जोड दिए ।

पूर्व सञ्चार मन्त्री समेत रहेका पोखरेलले आफू पत्रकार नभए पनि मिडिया राम्रोसँग बुझेको भन्दै ५ नम्बर प्रदेशका मिडिया सबल बनाउन आफू लाग्ने बताए । प्रदेश सरकारसँग जनताको धेरै अपेक्षा भएकोले जनतालाई निराश नपार्ने गरी स्रोत र साधन खोजी गरी काम गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले बोल्दै मिडियाले सङ्घीयता कार्यन्वनको लागि थप सशक्त रूपमा लाग्नु पर्ने बताए । उनले विगतमा दलगत पत्रकारिता रहेको स्मरण गर्दै अव समृद्धितर्फ लाग्नु पर्ने बताए ।

दैनिक पत्र दैनिकका प्रधान सम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईंले अबको पत्रकारिता समृद्धिको लागि हुनुपर्ने बताए । उनले समाज परिवर्तनको लागि पत्रकारिताले गरेको योगदानको दलहरूबाट उचित मूल्याङ्कन हुन नसकेकोभन्दै पत्रकारिताले जहिले पनि न्याय,समानता र स्वतन्त्रताको पक्षमा योगदान दिईरहने बताए ।

बुटवल मिडिया प्रकाशन प्रालिका सञ्चालक सदस्य अनुपमान शैजुको अध्यक्षतामा भएको कार्यक्रममा डा.बाबुराम ज्ञावलीले बिषेशांकको समीक्षा र नेपाल पत्रकार महासघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य र ऋषि आजादले दैनिक पत्र दैनिकले मोफसलको पत्रकारितामा नेतृत्वदायि भूमिका खेलेको चर्चा गर्दै शुभकामना व्यक्त गरे ।