भैरहवाको गौतमवुद्ध विमानस्थलमा यति एयरको विमान दुर्घटना ,ठूलो क्षतिबाट जोगियो ! - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

भैरहवाको गौतमवुद्ध विमानस्थलमा यति एयरको विमान दुर्घटना ,ठूलो क्षतिबाट जोगियो !



बुटवल –भैरहवाको गौतमवुद्ध विमानस्थलमा आज एति एयरको विमान दुर्घटना भएको छ । तर ठूलो क्षतिबाट जोगिएको छ ।

विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुसल रहेका छन् ।

काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुदा विमान दुर्घटनाग्रस्त भएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः ४० मा उडेको जुलेट चार्ली विमान ५ ः ११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल अहिले बन्द भएको छ ।

(दुर्घटनाबाट जोगिएको बिमान ,तस्बिर : भुवन पाण्डे)

रनवेमा ठप्प भएको बिमान हटाउन समय लाग्ने भएकाले बिमानस्थल ठप्प भएको छ । बिमानको समस्या समाधान गर्न काठमाण्डौबाट प्राबिधि टोली आउनुपर्नेछ ।लुम्बिनी रिभ्युको सहयोगमा