ठुलो दुर्घटनाबाट बच्यो यति एअर
काठमाडौं । यति एयरको जहाज गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो ।
बेलुका सवा ५ बजे भैरहवा विमानस्थलमा अवतरणका क्रममा चक्का ‘जाम’ भएको थियो । विमानस्थल अहिले बन्द गरिएको छ ।
जुलेट चार्ली कलसाइन रहेको जहाज अवतरण हुने क्रममा चक्का जाम भएर रोकिएको थियो । काठमाडौंबाट प्राविधिक पुगेपछि मात्रै रनवेमा रहेको जहाज मर्मत गरिने बताइएको छ ।
दुर्घटनामा परेको जहाजमा २६ यात्रु भए पनि सबै यात्रु सकुशल रहेका छन् ।