कांग्रेसको हरिबिजोग, गुटबन्दी मुख्य कारण - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कांग्रेसको हरिबिजोग, गुटबन्दी मुख्य कारण



पत्रपत्रिका/नागरिक-

नेपाली कांग्रेसका जिल्ला समितिहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन् ।

निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरुले केन्द्रदेखि गाउँ तहसम्म्को चरम गुटबन्दी नै पराजयको मुख्य कारण भएका निष्कर्ष निकालेका हुन् ।

पार्टीभित्र गुटबन्दी संस्थागत हुँदा एउटा पक्षले अर्कोलाई असहयोग गरेका कारण निर्वाचनमा नराम्रो हार भोग्नुपरेको बुझाई जिल्ला समितिहरुको छ ।