हेर्नुहोस, 'नाइक'ले एक मिनेटमा ३८ लाख मुनाफा कमाउँछ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

हेर्नुहोस, ‘नाइक’ले एक मिनेटमा ३८ लाख मुनाफा कमाउँछ



विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् ।

बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः

·       विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको मृत्यु हुन्छ ।
·       विश्वमा हरेक एक मिनेटमा १५ जना अपांग बच्चा जन्मिन्छन् ।
·       विश्वमा हरेक एक मिनेटमा १६० जना मानिसको मृत्यु हुन्छ ।
·       चर्चित ब्राण्ड नाइकले हरेक एक मिनेटमा ३८ लाख रुपैयाँ मुनाफा कमाउँछ ।
·       हरेक मिनेटमा ५५ हजार ब्यारेल तेलको प्रयोग हुन्छ ।
·       मानिसहरुले एक मिनेटमा औषतमा १२ पटक परेला झिम्क्याउँछन् ।
·       एक मिनेटमा पृथ्वीमा ३६० पटक चट्यांग पर्दछ ।
·       पृथ्वीमा रहेकेा ९६ करोड टन पानी हरेक मिनेटमा वाफ बनेर उड्दछ ।
·       हरेक मिनेटमा दुनियाभर ४५ सय गोटा म्याकडोनाल्डका बर्गर खाइन्छ ।