विप्लव माओवादीको बन्दले कैलालीको जनजीवन प्रभावित - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

विप्लव माओवादीको बन्दले कैलालीको जनजीवन प्रभावित



विशाल पाण्डेय / ललित जाग्री

कैलाली । विप्लव माओवादीले आह्वान गरेको कैलाली जिल्ला बन्दलेे जिल्लाका विभिन्न ठाउँमा बिहानै देखी जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै धनगढी ,अत्तरिया, चौमाला, रोजिपुर, मसुरिया, पहलमापुर ,सुखड, लम्की , टिकापुर लगायतका बजारहरू पूर्ण रूपमा बन्द रहेका छन् । कैलालीको विभिन्न चोक तथा बजारहरूमा बाक्लो रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी माथि खुकुरी र गोली प्रहार गरेको आरोपमा प्रहरीले आफ्ना पार्टीका जिम्मेवार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी झुटा मुद्दा लगाएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज कैलाली बन्दको आह्वान गरेको जनाएको छ ।