राधामाथि अत्याचार हुँदा रमिते बन्ने सबै दोषी : प्रमुख जिल्ला अधिकारी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

राधामाथि अत्याचार हुँदा रमिते बन्ने सबै दोषी : प्रमुख जिल्ला अधिकारी



विशाल पाण्डेय
सुखड , कैलाली ।

कैलालीको घोडाघोडि नगरपालिका वडा नं ५ – देवकलियामा फागुन २४ गते राधा चौधरीलाई बोक्सीको आरोपमा यातना दिने राम बहादुर चौधरी (भोले बाबा) सहित किस्मती र स्मारिका मात्र दोषी नभएर रमिते हेर्ने सबै दोषी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनु भयो ।

शुक्रवार कैलालीको घोडाघोडी नगरपालिका ५ मा “मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले” आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको आशन बाट बोल्दै राधा चौधरीलाई यातना दिँदा हेर्ने सबै दोषी रहेको बताउनु भएको हो ।

रिजालले विभिन्न धर्म वा परम्पराको नाममा भएको दुव्र्यवहार हरूको विरोधमा सबै मिली लाग्नु पर्ने बताउनु भयो । घटनामा दोषी भएकाहरुलाइ कानुनको दायरामा ल्याएको र अन्य दोषीहरूको पनि खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।

त्यस्तै संस्थाका संरक्षक मोहन राज पौडेलले उक्त अभियान र चलचित्र बारे प्रकाश पार्नुभएको थियो । -“यो अभियान पोखरा बाट सुरु भएको अभियान हो , अहिले ५ वर्ष भयो , ” समाजमा व्याप्त यस्ता अवैज्ञानिक सोच , कुरिती , क-ुसंस्कुर्ति ,अन्धविश्वास र कुप्रथाको जरै देखि अन्त्य गर्नको लागि यो अभियान र यो चलचित्र बनाएको हो , अब को १० वर्षमा कुप्रथा हराउने संस्थाका संरक्षक पौडेलले बताउनु भयो ।

कार्यक्रम संस्थाका अध्यक्ष कोविदशरण उपाध्यायको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपाध्यायले नेपाल अधिराज्यभर बोक्सा बोक्सी हुँदैनन् भन्ने अवधारणा लाई विभिन्न सामाजिक संचेतना जगाउने कार्यक्रम गर्दै आएको बताउनु भयो । यसै अभियान लाई अझै बढी प्राथमिकता दिने उद्देश्यले “मान्छे बोक्सी हुन्न कहिल्यै ” भन्ने कविता सङ्ग्रह , गीतहरू बजारमा ल्याएको बताउनु भयो । कविता ,गीत भन्दा पनि अझ सहज होस भनेर सजिलो उपायका लागि २ घण्टाको चलचित्र ‘अग्निदहन’ निकालेको उपाध्यायले बताउनु भयो ।

यस चलचित्रको प्रथम प्रदर्शनको शुभारम्भ तथा अवलोकन सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट ०७४ साल भदौ १६ गते शीतल निवासमा भएको उपाध्यायले जानकारी दिनु भयो । कैलाली जिल्लामा मात्रै होइन देशका कुनै पनि जिल्ला बाट यस्ता घटनाहरू सुन्न नपरोस भन्ने आशामा यस्तै अन्धविश्वास र कुप्रथाको अन्त्यका लागि समाज सुधार गर्ने अभियान चलाएको र हामी सबैले जिम्मेवारी बहन गर्नुपर्ने उपाध्यायले बताउनु भयो ।

कार्यक्रममा राधा चौधरीलाई अभिनन्दनका साथै अभियानबाट सहयोग स्वरूप रु ५ हजार हस्तान्तरण गरिएको थियो ।