जनार्दन शर्मा मन्त्री बन्न नमान्नुको कारण यस्तो छ !
पत्रपत्रिका/नयाँ पत्रिका-
काठमाडौँ, ३ चैत- माओवादी केन्द्रका नेता जनार्दन शर्मा केपी ओली नेतृत्वको सरकारबाट बाहिर परेका छन् | रामबहादुर थापाले गृह पाउनु अघिनै यस मन्त्रालयमा इच्छा देखाएका उनले त्यो नपाउने भएपछि ऊर्जाका लागि लबिङमा थिए ।
पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो ।
शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन्