पशुपति ट्रान्सपोर्टका १० ट्रक गृहमन्त्रीको आदेशमा थानकोटमा समातिए
गृहमन्त्रीले पाएको सुराकी अनुसार भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रक थानकोट नाकामा समातिएका छन् ।
समातिएका ट्रकमा शिलबन्दी गरिएको अवस्थामा सामानहरू छन् । ती ट्रकमा के सामान छ भन्ने खुलाइएको छैन ।
स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रकमा अवैध सामग्री काठमाडौं भित्रदै गरेको सूचना आएपछि नागढुंगा प्रहरीले शुक्रबार विहान ८ बजेदेखि प्रहरीले चेकजाँच गरी १० वटा ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।
ती ट्रकहरु सुनौली र रक्सौल नाका हुँदै काठमाडौं आएको हो । ती सबै ट्रकहरु पशुपति ट्रान्सपोर्टको रहेको स्रोतले बताएको छ ।
फाइल तस्बीर