प्रचण्डलाई साइड लगाए ओलीले, अब के हुन्छ ?
एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष केपी ओलीबीचको सहमतिअनुसार अबको पार्टी अध्यक्ष माधव कुमार नेपाललाई बनाउने सहमति भएको समचार आएपछि खैलाबैला मच्चिएको छ ।
पार्टी एकता पछी ओली र प्रचण्डले एकले पार्टी अध्यक्ष र एकले प्रधानमन्त्री पद लिने सहमति भएपनि ओलीको बालहठका कारण दुवै जना पार्टीमा सहअस्तित्वमा रहने र अबको पार्टीको अध्यक्ष प्रचण्ड बन्ने सहमति बनेको केहि समय नबित्दै ओलीले प्रचण्डलाई साईड लगाउने जुक्ति निकालेका छन् ।
नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए ।
ओली र नेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ । भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने समहतिअनुसार नेपालले नवौं महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ ।
यसबाट धेरै खाले बिचारहरु बाहिरिएका छन् । जसमा अब माओवादी र प्रचण्ड रिङआउट हुने सम्भावना छ ।