गोरखामा अनौठो मुद्दा : आमा पक्राउ - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

गोरखामा अनौठो मुद्दा : आमा पक्राउ



पत्रपत्रिका/अन्नपुर्ण पोष्ट

गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले बोक्सी आरोप लगाएको अभियोगमा सहिद लखन गाउँपालिका ६ की पार्वती श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

आरोपी मखना श्रेष्ठको जाहेरीका आधारमा मुद्दा दर्ता गर्दै प्रहरीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

प्रहरी कार्यालयको रेकर्डमा बोक्सीको आरोपसम्बन्धी मुद्दा पहिलोपटक दर्ता जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मखनाले सोही ठाउँ निवासी पार्वती श्रेष्ठले आफूलाई बोक्सी साबित गराउन सार्वजनिक स्थलमा बोक्सी बकाउने बहानामा छोरी जानुका श्रेष्ठलाई कुटपिटगरी आफ्नो नाम लिन लगाएकाले कानुनबमोजिम कारबाही गरिपाउँ भनी बुधबार जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भने, ‘रेकर्ड हेर्दा यो प्रकृतिको मुद्दा दर्ता भएको गोरखा जिल्लामा पहिलोपटक हो ।’